प्रदेश १ को उपसभामुखमा पोखरेल सर्वसम्मत

Posted on: 15 Feb, 2018

फागुन ३, विराटनगर | प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । 


संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो । 

आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुख पोखरेललाई शपथ गराउनुभयो । 

संसद्को अर्को बैठक यही फागुन १४ गते दिनको १ बजे बस्नेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!