रुरु क्षेत्रको विकास गरेमा पर्यटक आउनेछन्: राष्ट्रपति

Posted on: 16 Feb, 2018

फागुन ४, गुल्मी | राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको धार्मिक एवं पौराणिक क्षेत्र कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । 

रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटन गर्दै उहाँले रुरुको विकास र संरक्षण गरेमा भारतीय र चिनियाँ पर्यटक आउन सक्न सम्भावना औँल्याउनुभयो । उहाँले समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने पनि बताउनुभयो । उहाँले कालीगण्डकी नदीमा स्नान पनि गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!