प्रदेश १ मा माओवादीका सबै १५ जना सांसद मन्त्री बन्ने !

Posted on: 16 Feb, 2018

फागुन ४, विराटनगर | प्रदेश नम्बर १ मा पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले सबै १५ जना सांसदलाई नै मन्त्री बनाउने भएको छ । माओवादीका सबै सांसद आलोपालो मन्त्री बन्ने भएका हुन्  । 

आगामी ५ वर्षसम्म चरण/चरणमा माओवादीका मन्त्रीहरु बन्नेछन् । यस अनुसार पहिलो चरणमा प्रदेश सरकारमा माओवादीका तर्फबाट इन्द्र आङबो अर्थमन्त्री बनेका छन् । अब कोचिला (झापा) बाट झलकसिंह दर्लामी र किरात प्रदेश (सगरमाथा) बाट अर्का एकजना मन्त्री बन्नेछन् । टंक आङबुहाङ संसदीय दलको नेता बनेका छन् । त्यस्तै सरस्वती पोखरेल उपसभामुख बनेकी छिन् ।

माओवादीको तर्फबाट हाल तीन मन्त्री, एक उपसभामुख र एक जना दलको नेतासहित ५ जनाले पहिलो चरणमा सत्ता सम्हाल्नेछन् भने अर्को चरणमा पुन: अरुको पालो आउनेछ । 

माओवादीले प्रदेश १ मा मन्त्री मात्र नभई उपसभामुख पनि बीचमै हेरफेर गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!