प्रदेश ६ मा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुङ्गो लगायो

Posted on: 17 Feb, 2018

फागुन ५, सुर्खेत । माओवादी केन्द्रले प्रदेश सरकारमा नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने भएको छ ।

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएका थिए । तर, एमाले र माओवादीले मन्त्रीको नाम दिन नसकेपछि मन्त्रिपरिषद् गठन हुन सकेको छैन ।

आइतबार मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । एमालेले तीन र माओवादीले दुई मन्त्रालय लिने सहमति भएपनि कुनकुन मन्त्रालय भन्ने टुंगिएको छैन । मन्त्रीका आकांक्षी हरु पनि धेरै हुँदा दलहरु समस्यामा छन् ।

माओवादीले भने नरेश भण्डारी र विमला केसीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

दुबैको मन्त्रालय भने टुंगिएको छैन । जुम्लाका भण्डारी मुख्यमन्त्रकिा दावेदार थिए । तर, शाही मूख्यमन्त्री बनेपछि उनलाई पार्टीले पाएको मन्त्रालयमा रोजेर लिन भनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!