दोस्रो निर्वाचन दिवस भव्यताका साथ मनाईँदै

Posted on: 18 Feb, 2018

फागुन-६, काठमाण्डौ । निर्वाचन आयोगले फागुन ७ गते दोस्रो निर्वाचन दिवस भव्यताका साथ मनाउने जनाएको छ । सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा विविध कार्यक्रमका साथ दोस्रो निर्वाचन दिवसलाई मनाउन लागिएको आयोगले जनाएको हो । 

दोस्रो निर्वाचन दिवसलाई मनाउन आयोगले त्रीदिवसीय कार्यक्रमहरु पारित गरी फागुन ५ देखि ७ गते सम्म विभिन्न क्रियाकलापहरु गरिएको आयोगको भनाइ छ । कार्यक्रमको पहिलो दिन शनिबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान दिएका आयोगले जनाएको छ । 

कार्यक्रमको  दोस्रो दिन आइतबार नेपालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समावेशीता विषयक रेडियो नेपाल र नेपाल टेलिभिजनको परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । साथै संघीय संसदका माननीय सांसद, संविधान एवं कानुनविद् तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगले स्वतन्त्र र स्वच्छ निर्वाचन विषयक गहन अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको आयोगले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!