६८अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने

Posted on: 18 Feb, 2018
फाल्गुन ६, अर्घाखाँची  | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ ।
सन्धिखर्क नगरपालिका र जिल्ला समन्वय समिति अर्घाखाँचीकाे संयुक्त अायाेजनामा दिवस भव्य रुपमा मनाउन थालिएकाे हाे ।
दिवसकाे अवसरमा भाेली सन्धिखर्कमा प्रभातफेरी प्रवचन लगायतका कार्यक्रम गर्न लागिएकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार भाेली हुने सम्पुर्ण कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।
भुसालका अनुसार दिवसकाे अवसरमा प्रभातफेरी सहित जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल बितरण, सन्धिखर्क भित्रका  विद्यालयहरु विच भलिवल प्रतियोगिता लगायतका कार्यक्रमहरु अायाेजना गरिएकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!