अब प्रचण्डको सुरक्षामा नयाँ डिएसपी, सुरक्षामा खट्नेछन् ५९ जना प्रहरी

Posted on: 19 Feb, 2018

फागुन ७, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षामा अब नयाँ डिएसपी खटिएका छन् । 

यसअघि प्रचण्डको सुरक्षामा खटेका डिएसपी दानबहादुर मल्ललाई दरबारमार्ग प्रहरी वृतमा सरुवा भएपछि प्रचण्डको विशेष सुरक्षाका लागि डिएसपी सन्तोषसिंह राठौंर खटिएका हुन् । राठौंर यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए।राठौंरलाई मल्लको ठाउँमा खटाइएको हो। प्रचण्डको सुरक्षामा अब उनको राठौंरको कमाण्डमा २९ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ३० जनाले प्रचण्डको सुरक्षा गर्नेछन् ।

गृहमन्त्रालयले प्रचण्डलाई सुरक्षा थ्रेट बढ्न सक्ने भन्दै ५९ जना प्रहरी खटाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!