बसको ठक्करबाट बिद्यार्थी नेताको मृत्यु भएपछी बिरोध प्रर्दशन (फोटोफिचर)

Posted on: 21 Feb, 2018

फागुन ९, काठमाडौं । काठमाडौँको नेपालटार स्थित बसको ठक्करबाट नेविसंघ एनआर कलेजका सचीव चन्द्र प्रकाश मोक्तान मृत्यु भएको छ । मोक्तानको मृत्यु भएपछी नेविसंघले चालकलाई कारबाहीको माग गदै बिरोध प्रर्दशन गरेको छ ।


आज बिहान ७ बजेबाट नेविसंघका विद्यार्थीहरुले नेपालटार स्थीत एनआर कलेज आसपासमा  बिरोध प्रर्दशन गरेका छन् । एन आर क्यापसबाट निकालेको बिरोध प्रदर्शन शेषमति, बाइपास, माछापोखरी हुदै पुन: क्यापास अगाडि आई कोणसभामा परिणत भएको थियो | विरोध प्रर्दशनमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्ट, परोपकार अधिकारी, पवन थापा, निरञ्जन थापा, स्वेच्छा उप्रेती लगायतका विद्यार्थी नेताहरुले  दोषी उपर छिटोभन्दा छिटो कारबाहीको माग गरेका छन्  । 

मोटरसाइकलमा सवार मोक्तानलाई बा३ख २६१३ नम्बर को बसले ठक्कर दिंदा घटना स्थलमानै मृत्यु भएको थियो । सवारी चलाउने लाइसेन्स ज्यान मार्ने लाइसेन्स जस्तो वटुवा र अन्य सवारी साधन माथि चढाउने कार्यको आफूहरु विरोधमा उत्रने नेविसंघले जनाएको छ । आक्रोशित विद्यार्थीहरुले विद्यार्थीको ज्यान लिने चालकलाई कर्तव्य ज्यान मुद्धा लगाउनु पर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रीएको नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!