यी हुन् नयाँ सरकारमा माओवादीले मागेको ७ मन्त्रालय, को-को छन् दावेदार ?

Posted on: 22 Feb, 2018

फागुन १०, काठमाडौँ | केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । यसैबीच सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने नटुंगिदै माओवादीले भने गृह सहित बिभिन्न ७ मन्त्रालय माग गरेको छ । 

माओवादीले उपप्रधानमन्त्री र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको हो । उसले गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन मन्त्रालय सहित अन्य ४ मन्त्रालय मागेको छ । माओवादीले मागे बमोजिम एमालेले अर्थ मन्त्रालय राखेपछि पर्यटन माओवादीलाई दिन एमाले तयार देखिन्छ । 

वन तथा वातावरण मन्त्रालय यस अघिनै एमालेका लालबाबु पण्डितले पाईसकेका छन् । माओवादीले रक्षा मन्त्रालय वा उर्जा मंत्रालयको समेत दावी गरेको बताइएको छ । 

नयाँ सरकारमा माओवादीका रामबहादुर थापा बादल उपप्रधानमन्त्री बन्ने सम्भावना छ भने यसअघि अर्थमन्त्री बनेका वर्षमान पुन र यस अघि उर्जामंत्री बनेका जनार्दन शर्मा पनि गृह मन्त्रालय पाउने आशामा छन् । त्यस्तै मन्त्रीका अर्का आकांक्षी शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् । प्रदेश २ बाट मातृका यादव र प्रदेश १ बाट हिमाल किरातीले मन्त्रीमा दावी गरेका छन् । यता प्रदेश ३ बाट पम्फा भुसालले मन्त्रीको दावी गरेकी छन् ।

नयाँ शक्ति त्यागेर माओवादी केन्द्रमा आएका देवेन्द्र पौडेल र देव गुरुङ प्रदेश ४ बाट मन्त्रीका दावेदार छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!