प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ: मुख्यमन्त्री राउत

Posted on: 22 Feb, 2018

फागुन १०, धनुषा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । 

आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव हुँदैन ।” 

मुख्यमन्त्री राउतले फेरि पनि पाँच ‘स’का आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बताउँदै आउनुभएको सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ गरी पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने कुरालाई फेरि दोहोर्याउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!