माओवादी केन्द्रका तीन नेतामाथि कारवाही, पार्टीबाटै हटाइयो !

Posted on: 22 Feb, 2018

फागुन १०, फागुन | माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । माओवादी केन्द्रले विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने समेत निर्णय गरेको हो । 

माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए । 

पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।

फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो । 

तश्विरमा: कारवाहीमा परेका गोपाल किराती 

यस बिषयमा तपाइको प्रतिक्रिया...!