पार्टीबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओलीलाई

Posted on: 23 Feb, 2018

फागुन ११, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ । 

बालुवाटारमा शुक्रवार विहान बसेको स्थायी कमिटीको बैठकले भुगोलको सन्तुलन, पार्टीभित्र नेताहरुको योगदान, योग्यता र क्षमतालाई ध्यानदिँदै मन्त्रीहरुको नियुक्ति गर्न सुझाव दिएको हो । 

प्रधानमन्त्री ओलीले माओवादीसहित संघीय समाजवादी र राजपा नेपालसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग एकताका लागि भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको छ । 

बैठकले माओवादी केन्द्रसँग एकता प्रकृया अगाडि बढेका बेला एमालेका विभिन्न जनवर्गिय संगठनहरुको पूर्वनिर्धारित अधिवेशन र सम्मेलन पार्टी एकताको संवेदनशीलतालाई ध्यान दिँदै स्थगन गर्ने निर्णय गरेको छ । 

तर आन्तरिक भेला, प्रशिक्षणको कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएको सचिव भट्टलाईले जानकारी दिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!