समृद्धि र स्थायित्वका लागि दुई तिहाइको सरकार बनाउन लागेका छौं: प्रचण्ड

Posted on: 28 Feb, 2018

महेन्द्र केसी/फागुन १६, पर्वत । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देशलाई आर्थिक समृद्धितर्फ लैजानको लागि दुइ तिहाइको सरकार बनाउन लागेको बताउनु भएको छ ।

स्थायित्व, विकास र समाजबाद तर्फ देशलाई लैजानको लागि आफूहरु दुइ तिहाइको सरकार बनाउनको लागि प्रतिबद्ध भएर लागेर बताउनुभयो ।


महिलाहरुलाई प्रत्यक्षतर्फ कम भएको तर अबका दिनमा नहुने प्रतिबद्धता गर्नुभयो । प्रचण्डले महिलाहरुलाई अब समानुपातिकमा कम र प्रत्यक्षतर्फ बढी गर्दै लैजाने आफूहरुले मनाशय रहेको बताउनु भयो । 

उहाँले बहुमतको यो सरकारले महिलाहरुलाई अगाडी बढाउनको लागि प्रतिबद्ध रहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!