हुण्डी कारोवार गर्नेहरुबिरुद्ध निर्मम कारवाहीमा गृहमन्त्रालय

Posted on: 11 Mar, 2018

फागुन २७, काठमाडौँ | बैदेशिक रोजगारी फस्टाएको नेपालमा हुन्डी बिभिन्न तरिकाले सक्रिय बन्दै गर्दा गृह मन्त्रालयले त्यस बिरुद्ध निर्मम कारवाही गर्ने निर्णय लिएको छ ।  

भर्खरै गृहमन्त्रालय सम्हालेका गृहमन्त्री राम बहादुर थापाले तस्करका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्न भन्सार छली गर्ने र हुण्डीको कारोबार गर्ने विरुद्ध निर्ममतापूर्वक अभियान चलाउन लागेको जनाएका हुन् ।

मन्त्री थापाले भने “एउटा कम्पनीले रु ४७ अर्ब सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन, केही कम्पनीले कर नतिरी मिनाहाका लागि नेताको घर चहार्दैछन् । त्यो पैसाले जलविद्युत्मा लगानी गरेको भए सयौँ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो ।” गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेको कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरेका छन् । 

गृह मन्त्रालयले कार्य सहजताको लागि प्रधानमन्त्री कार्यालयका साथै गृह मन्त्रालय मातहत जासुसी संगठनको आवश्यकता भएको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!