यूएस बंगला विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Posted on: 12 Mar, 2018

फाागुन २८,काठमाडौँ। प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनावाजेद समक्ष आज काठमाडौंमा भएको युएस बंगलाको बम्बार्डियर विमान दुर्घटना प्रति दुःख ब्यक्त गर्नु भएको छ । बंगलादेशका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिकक्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख ब्यक्त गर्नु भएको हो । 

बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको वताउनुभयो । संवादका क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा दिवंगत भएका यात्रु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सनतप्त परिवारजनमा गहिरो समवेदना ब्यक्तगर्नुभयो । 

त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खवर पाउना साथ नेपाल सरकारले यथाशीघ उद्धार कार्य अघि बढाएको जानकारी दिनु भयो । बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली घटनास्थल निरीक्षण गर्न पुग्नु भएको थियो । बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत वताउनु भएको थियो ।

दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार  मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराउनु भयो । बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकता प्रति धन्यवाद ब्यक्त गर्नुभयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!