आसन्न बैशाख ९ गते पार्टी एकताको घोषणा हुन्छ: परियार

Posted on: 13 Mar, 2018

फागुन २९,अर्घाखाँची | नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक तिलक परियारले आसन्न बैशाख ९ गते पार्टी एकता को घोषणा हुने उद्घोष गर्नुभएको छ । 

मोर्चाको छैठौ जिल्ला सम्मेलनलाई सोमबार सन्धिखर्कमा उद्घाटन गर्दै संयोजक परियारले मुख्य विषयमा सहमति भएको भन्दै औपचारिकताका लागी बैशाख ९ गते एकता घोषण गर्ने उद्घोष गर्नुभएको हो ।

जंग बहादुर परियारको अध्यक्षता,गोविन्द सुनारको स्वागत मन्तव्य र विष्णु परियारको सञ्चालनमा सम्पन्न उद्घाटन शत्रमा केन्द्रिय संह संयोजक दलजित श्रीपाइली माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार वि.क.,नेताहरु केवि भुसाल,खड्क दर्नाल लगाएतले सम्बोधन गर्दै २१ औ शताव्दीको युगमा पनि जातको आधारमा गरिने भेटभाव अन्त्य नहुनु दुखद भएको भन्दै यसको निम्ती सचेतनामुलक अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

कार्यक्रममा माओवादी केन्द्र जिल्ला सहसंयोजक छम कुमारी खनाल चिनारी,एमाले नेता भोज बहादुर गन्र्धव,दलित मुक्ति मोर्चा प्रदेश ईन्जार्ज खड्क बहादुर परियार,सचिव राधिका खतिवडा,नेपाल परियार समाजका जिल्ला अध्यक्ष विष्णु परियार र पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतको आतिथ्यता रहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!