राष्ट्रपतिलाई सपथ खुवाउन शीतलनिवास पुगेका प्रधानन्यायाधीश ‘बर्खास्त’

Posted on: 14 Mar, 2018

फागुन ३०, काठमाडौँ | प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदका कारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।


परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा  ‘न्याय परिषद ऐन, २०७३ को दफा ३१ मा कुनै पनि न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्वन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रवधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषदमा सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति आजै मिति २०७४/११/३० को च.नं. ४२४/०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/ २१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११/३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँछु’, उल्लेख छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!