फेरिए माओवादी इन्चार्ज, सातै प्रदेशमा को-को बने इन्चार्ज ?

Posted on: 24 Mar, 2018

चैत १०, काठमाडौं । माओवादी केन्द्रले संघीय संरचना अनुसार मन्त्री भएका नेताहरुको प्रदेश इन्चार्जको स्थानमा नयाँ इन्चार्ज तोकेको छ ।

माओवादी केन्द्र आज बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

को कुन प्रदेशको इन्चार्ज ? 


यस अघि माओवादीका प्रदेश इन्चार्ज बनेका मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेतलाई प्रदेश इन्चार्जबाट हटाइएको छ । त्यस्तै प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् ।

यस अघि यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो ।

प्रदेश १: राम कार्की

प्रदेश २: विश्वनाथ साह

प्रदेश ३: हितमान साक्य 

प्रदेश ४. हितराज पाण्डे

प्रदेश ५: मणि थापा

प्रदेश ६: जनार्दन शर्मा

प्रदेश ७: लेखराज भट्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!