कानूनभन्दा माथि हुने छुट कसैलाई छैन: मन्त्री तामाङ

Posted on: 25 Mar, 2018

चैत ११, नेपालगन्ज | कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनु भएको छ । 

प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हँुदैन भन्नुभयो । 

उहाँले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!