युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो: नेता गच्छदार

Posted on: 28 Mar, 2018

चैत १४, विराटनगर | नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गर्नुभयो । “उहाँले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो भन्नुभयो । ” 

उहाँले संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो भन्नुभयो । नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पु¥याएर बोल्नुपर्नेमा जोड दिनुभयो । 

नेपाली काँंग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका गच्छदारले वर्तमान सरकारको एक सय दिन पूरा नभएकाले अहिले नै कुनै टिप्पणी नगर्ने बताउनुभयो । 

एक प्रश्नको जवाफमा नेता गच्छदारले नेपाली काँग्रसको केन्द्रीय समितिको बैठक अहिले सम्पन्न नभएको महासमिति र महाधिवेशनको कहिले बोलाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!