आफैबाट सुरुवात गर्दै जनप्रतिनिधी, नीजि स्कूल छोडेर सरकारीमा भर्ना

Posted on: 15 Apr, 2018

बैशाख २, कालिकोट | नरहरीनाथ गाउँपालिकामा विद्यालय भर्ना अभियान सुरु भएको छ । भिडिसेफ नेपाल, सेभ द चिल्डे«नको आर्थिक सहयोगमा सञ्चालित युवा ससक्तिकरण परियोजनाको सहजिकरणमा नन्दादेवी माध्यामिक विद्यालय र समाज सुधार युवा क्लवको सयुक्त आयोजनामा नरहरीनाथ गाउँपालिकाको वडा नं. १ कोटवाडाबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो ।

अभियानको सुरुवातमा नरहरीनाथ गाउँपालिका वडा नं. १ का वडा सदस्य तथा गाउँपालिका शिक्षा विभाग सदस्य पंखबहादुर बिष्टले नीजि विद्यालयमा पढिरहेको आफ्ना दुई वटा छोराछोरीलाई गाँउकै सरकारी विद्यालयमा भर्ना गरेका छन् । नरहरीनाथ गाउँपालिकाले गाउँपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो पायक पर्ने सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्ने निर्णय गरेपछि गाउँपालिका शिक्षा विभाग प्रमूख बिष्टले नीजि विद्यालयमा पढिरहेका एक छोरा र एक छोरीलाइई गाउँकै सरकारी विद्यालयमा भर्ना गरेका हुन् ।

नरहरीनाथ गाउँपालिका वडा नं. १ का कार्यालय सहायक उदयराम बिष्टले पनि नीजि विद्यालयमा पढिरहेको छोरालाई गाउँको सरकारी विद्यालयमा भर्ना गरेका छन्  । भिडिसेफ नेपालका विकास सुपरिवेक्षक शंकर उपाध्यायले विद्यार्थी भर्ना अभियान अन्तर्गत आइतबार नरहरीनाथ गाउँपालिकाको वडा नं. १ कोटवाडास्थित नन्दा देवी माध्यामिक विद्यालयमा पहिले विद्यालय छाडेका तीन जना विद्यार्थीहरुललाई विद्यालयमा पुनः भर्ना गराएको बताए । उनले आइतबारदेखी थालिएको यो अभियान नरहरीनाथ गाउँपालिकाका ९ वटै वडाहरुमा निरन्तर थालिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!