एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी

Posted on: 17 Apr, 2018

वैशाख ४ काठमाडौँ | एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । 

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । 

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी हुनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!