सिण्डिकेट अन्त्यको शुभारम्भ: गृहमन्त्री थापा

Posted on: 18 Apr, 2018

बैशाख ५ चितवन | गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताउनुभयो । 

गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो ।

यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उहाँले बताउनुभयो । यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने उहाँले बताउनुभयो । 

फरक प्रशंगमा उहाँले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको बताउनुभयो । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको उहाँले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!