नेपाली काँग्रेसकि सचेतकमा भुसाल मनोनित

Posted on: 18 Apr, 2018

वैशाख ५, काठमाडौँ | नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ । 

अर्घाखाँचीकी भुसाल समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् । उनलाई कांग्रेसले उपसभामुखको उम्मेदवार समेत बनाएको थियो । बरिष्ठ अधिवक्तासमेत रहेकी भुसाल कांग्रेस केन्द्रिय सदस्य हुन ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!