माओवादी नेताको आलोचना पछि मन्त्री विष्टले भने- मैले कतै अवसर नपाएर राजनीति गरेको हो ?

Posted on: 19 Apr, 2018

प्रेम सुनार | वैशाख ६, गुल्मी ।  नेकपा एमालेका सचिव तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले वाम एकता भएरै छाड्ने तर प्राविधिक कारणबस केहि हुने बताएका छन् । 

गुल्मीको मुसिकोट नगरपालिकाले  मन्त्री विष्टको सम्मानमा आयोजना गरेको सर्वदलिय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बिष्टले यस्तो बताएका हुन् । त्यस अघि कडा भाषामा माओवादीका जिल्ला सदस्य खुमबहादुर थापाले उनको पार्टी र उनी आफ्नो राजनैतिक संघर्षको ब्याख्या गर्दै पार्टी एकता मन्त्री हुन वा अरु पदका लागि नभएको भन्दै आलोचना गरेपछि मन्त्री विष्ट पनि रन्किएका थिए ।  


कहिले-काँही हामी विहानको खाना साँझमा खान वाध्य हुन्छौं, कसैलाई विहानको खान साँझ खान मन हुन्छ ?  त्यस्तै चाँडै गरौं भन्दाभन्दै भए पनि ढिला हुन गएको छ उनले थापालाई बैश उमेरको जोशमा आफू पनि त्यस्तै चड्किने गरेको व्यंग्य गर्दै भने के मैले कतै अवसर नपाएर राजनीति गरेको हो ? मेरा पनि थुप्रै अवसरहरु थिए । तर पनि राजनैतिमा लागियो । म पनि झण्डै डेढ दशक जेल बसे, हाम्रा पनि हात खुट्टा भाचिएका छन् । ’ उनले वाम एकताबारे कसैले पनि आशंका नगर्न आग्रह आग्रह गर्दै भने वाम एकताको विकल्प छैन, बैशाख ९ गते भित्र सम्भव नभए पनि अरु डेढ दुई महिना लाग्न सक्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!