माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाव !

Posted on: 21 Apr, 2018

वैशाख ८, काठमाडौँ | बुटवलमा मनोज पुन मारिएपछि अनुसन्धानको क्रममा प्रहरीले युवासंघ र माओवादी नेताकै संलग्नता रहेको पत्ता लगाएको छ तर उक्त घटनामा संलग्न व्यक्तिको नाम एकै हुँदा माओवादी नेता तथा पुर्व अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपानेलाई तनाब बनाएको छ | 

नाम एकै परेको र माओवादी केन्द्रीय सदस्य भन्दै समाचार आएपछी धेरै युवामा परिचित बनेका माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाब भएको हो | यस बिषयमा धेरै झुक्किएका पनि छन् |  


माथिको तश्विरमा बुटवल घटनामा संलग्न भएका भनिएका लेखनाथ न्यौपाने तलको तश्विरका लेखक न्यौपाने भने होइनन् | माथिका लेखनाथ न्यौपाने मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये एक हुन् | माथिका लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता भएकाले केहि अनलाइनले माओवादी नेता भनेर सम्वोधन गरेका छन् ।


यस विषयमा स्पष्ट पार्न माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमै स्टाटस राख्नुपरेको छ | लेखनाथ न्यौपाने अनेरास्ववीयु(क्रान्तिकारी)का भुतपूर्व अध्यक्ष हुन्। हर्मी ९, भण्डारी गाउँ, गोरखामा जन्मिएका न्यौपाने लेखकको परिचयले पनि चिनिन्छन् | त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नाकोत्तर पढेका न्यौपाने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सचिवालय सदस्य हुन् | 

पछिल्लो समय आफ्नो नामसँग मिल्ने नामका व्यक्ति प्रहरीले सार्वजनिक गरेपछि धेरैजना झुक्किएपछि लेखनाथ न्यौपानेले स्पष्टिकरण दिदै आफू पक्राउ नपरेको स्पष्ट पारेका छन् | 

लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमा लेखेका छन् - 

@एउटै नामका मान्छे धेरै हुन सक्छन् तर ठेगाना, पेशा र जिम्मेदारी फरक फरक हुन्छ, होइन र ? 

#गोरखा हर्मी स्थाइ ठेगाना भएको र हाल टोखा नपा वडा नं ११ काठमाडौंमा डेरा गरी बस्ने #अखिल (क्रान्तिकारी) को पूर्व अध्यक्ष #हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य #म लेखनाथ न्यौपाने गिरफ्तार नभएको #वुटवलतिर पक्राउ परेको व्यक्तिको नाउँ मात्र मेरो नामसँग मिल्न गएको जानकारी गराउँछु |

तर केहि अनलाइनमा भने अखिल क्रान्तिकारी पुर्व अध्यक्ष समेत लेखेर समाचारहरु आएका छन् |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!