मध्यपुर थिमी नगरपालिका मेयरमाथि आफ्नै घर अगाडी आक्रमण (तश्विरसहित)

Posted on: 21 Apr, 2018

गोपाल चन्द | बैशाख ८, काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ ।

आफ्नै घर आगाडी मास्क लगाएर आएका दूई युवाको समुहले मेयर श्रेष्ठलाई रड हानेर फरार भएका हुन् । 

उनलाई घर नजिकै कार रोकेर झर्दै गर्दा अज्ञात २ जनाले आक्रमण गरेका थिए । आक्रमण पछि मेयर श्रेष्ठ चढेको कारमा क्षेती पुगेको छ भने मेयर घाइते भएको स्थानीयले बताएका छन् ।

घटनाबारे थप जानकारी आउन बाँकी छ । मेयर श्रेष्ठ नेकपा एमालेका हुन् । 

हेर्नुहोस् तश्विरहरु 


तश्विर: गोपाल चन्द/ भक्तपुर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!