एमाले सन्धिखर्क नगर कमिटीको बैठक सम्पन्न

Posted on: 08 May, 2018
बैशाख २५, सन्धिखर्क | नेकपा एमाले सन्धिखर्क नगर कमिटीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी का.बा अध्यक्ष जिबनारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नगर संयोजक युबराज श्रेष्ठको अध्यक्षता,सचिबालय सदस्य शम्भु पोख्रेलको स्वागत मनतब्य र नगर सचिब श्रीकृष्ण भुसालको सन्चालनमा सम्पन्न भएको हो ।
बैठकले यही बैशाख भरमा पार्टी सदस्यता नबिकरण गर्ने, नगर र प्रदेश शभाको योजना तर्जुमा गोष्ठी गर्ने लगायतका निर्णयहरु गरेको नगर प्रचारप्रसार बिभाग संयोजक बिष्णु परीयारले जानकारी दिनु भएको छ । बैठकमा पार्टी स्कुल बिभागका केन्द्रीय सदस्य बुद्धिबहादुर रायमाझी,जिल्ला सचिब रामबहादुर चौहान,पार्टीका क्षेत्र नम्बर २ का संयोजक बुद्धिराम भुसाल,जिल्ला पार्टी सचिबालय सदस्य रामचन्द्र पोख्रेल लगायतको उपस्थीति रहेको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!