नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

Posted on: 12 May, 2018

श्याम थापा | वैशाख २९, सुस्ता | नेपाली काङ्ग्रेस पार्टी क्षेत्र न १ नवलपरासीको आयोजनामा नव बर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नवलपरासी प्रतापपुर गाउँपालिको त्रिभुवन क्याम्पस बेलाटारीमा सम्पन्न भएको छ । 

नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको सभापतित्वमा,नेपाली काङ्ग्रेस नवलपरासी बर्दघाट सुस्ता पश्चिमका कार्यबाहक  सभापति अर्जुन पोख्रेलको प्रमुखअतित्थ्यता,पुर्व माननीय सांसद देवकरण प्रसाद कलवार र पुर्व सांसद बिक्रम खनालको विशेषअतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका नेता,कार्यकर्ता,भातृ संघसंस्था र नेपाली काङ्ग्रेसका शुभचिन्तक गरि करिब १ हजार जनाको सहभागिता रहेको थियो । 


सो कार्यक्रममा हालै सम्पन्न भएको स्थानीय तह,प्रदेश तह र केन्द्र तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले हार खाएको बिषयमा समिक्षा  पनि भएको थियो । भने नेपाली काङ्ग्रेसका नेता तथा कार्याकर्ताले एक अर्काको बिषयमा चोक हाट बजार लगायत सार्वजनिक संजाल जस्ता ठाउँमा टीका टिप्पणी नगर्ने संयुक्त रूपमा प्रतिबद्धता पनि जाएर गरेका छ्न । 

सो शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र  न १ का क्षेत्रीय उपसभापती बेद प्रकाश शर्मा,तरुणदल क्षेत्र न १ का क्षेत्रीय सभापति सतिष कुमार पटेल,तरुणदल नवलपरासीका सभापति शुक बाहादुर गुरुङ्ग,अन्जु कुमारी चौधरी,राजकुमार शर्मा,नेपाल बिद्यार्थी संघ नवलपरासीका सभापति दधिराम पौडेल,नेपाली काङ्ग्रेसका नेता अनिल कुमार गौड लगाएतका बक्ताहरुले नेपाली काङ्ग्रेसमा रहेको गुठ उपगुठलाई अन्त्य गरि अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!