राष्ट्रघाती संझौताको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको विरोध सभा

Posted on: 12 May, 2018

वैशाख २९, अर्घाखाँची | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलिले गरेका राष्ट्रघाती संझौताको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले विरोधसभा गरेको छ ।

सभामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसीले देशको राष्ट्रियता खतरामा रहेको उल्लेख गर्दै राष्ट्रियताको  पक्षमा आवाज उठाउन आग्रह गर्नुभयो | केसीले भन्नुभयो– प्रधानमन्त्री वलीको खोक्रो राष्ट्रवाद आज छर्लंग भएको बताउँदै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र केपि वलीले राष्ट्रघाती संझौतामा हस्तारक्षर गरेकोले उनलाई ईतिहासले क्षमा नदिने बताउनुभयो । 


विरोध कार्यक्रममा नगर अध्यक्ष पशुपति ढकाल लगायतले बोल्नु भएको थियो भने सञ्चालन जिल्ला सचिव गोपाल पौडेलले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!