सुस्ताले गर्‍यो वार्षिक योजना तथा कार्यक्रम तर्जुमाका लागी सुझाव संकलन

Posted on: 28 Jun, 2018

असार १४, सुस्ता | सुस्ता गाउँपालिकाको कार्यालय कुडियाले आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक योजना तथा कार्यक्रम तर्जुमालाई अन्तिम रूप दिनको लागि राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षयता भएको राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सुस्ता गाउँपालिका सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजीवी, दलिय प्रतिनिधि, युवा तथा महिला प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो। 

राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सुस्ता गाउँपालिकाले अगामी बर्षका लागीका उत्पादनमुलक कार्य,जिविकोपार्जन सुधार, शिक्षा, स्वास्थ, युवा तथा खेलकुद बिकास, सुरक्षित सार्वजनिक स्थल, सार्वजनिक स्रोतको उपयोग जस्ता बिषयमा बढी प्राथमिकता दिई बजेट बिनियोजित दिनुपर्नेमा सहभागीहरुको जोड दिएका छन् ।

सो कार्यक्रममा विद्यार्थी नेता अमृत कुमार खडका, दिर्घजिवी पोख्रेल, पत्रकार श्याम थापा, नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने, शिक्षक दिल्ली राम काफ्ले, महेन्द्र मा बि कुडियाका प्र अ भुपनारायण चौधरी, अन्तर पार्टी महिला संजाल सुस्ताका अध्यक्ष हरिकला गिरि, राम प्रसाद आर्याल लगायतले राय सुझाव दिएको थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!