नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन सुरु

Posted on: 24 Dec, 2018

पुस ९, अर्घाखाँची | नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन आज देखि सन्धिखर्कमा सुरु भएको छ । 

अधिबेशनको नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले उद्द्धाटन गर्नु भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको दुई तिहाइको दम्भले जनताले शुख शान्ती र अमन चयन प्राप्त गर्न नसकेको बताउनु भएको छ । उहाले सरकाले जनविरोधी गतिबिधि गरेमा नेविसंघ र कांग्रेस आन्दोलनमा उत्रने बताउनु भयो । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल(मुस्कान), नेविसंघका उपाध्यक्ष प्रकाश राना, महामन्त्री आनन्द त्रिपाठी, सहमहामन्त्री प्रकाश घिमिरे, कोषाध्यक्ष शिब रिमाल, केन्द्रिय सदस्य टंक पाण्डे, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राखेका थिए । संघिय संरचना अनुसार हुन थालेको अधिबेशनले नँया नेतृत्व चयन गर्नेछ । 

नेवि संघको अहिले बन्द सत्र विपि स्मृति भवन सन्धिखर्कमा चलिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!