विप्लव समूहका सचिवालय सदस्यद्वारा राजीनामा

Posted on: 04 Apr, 2019

चैत २१, अर्घाखाँची - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिएका छन्।   

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर-१, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहबाट राजीनामा दिएको घोषणा गरेका हुन् । विप्लव नेतृत्वको पार्टीबाट राजीनामा दिएसँगै आफू अन्य कुनै पार्टीमा नलागी स्वतन्त्र रहने परियारले बताएका छन् ।  

यसअघि, प्रदेश र संघीय निर्वाचन २०७४ मा अमर्यादित कार्य गरेको भन्दै उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!