विप्लवका खोटाङ जिल्ला सदस्य खत्री पक्राउ

Posted on: 17 Apr, 2019

बैशाख ४, खोटाङ | नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वका खोटाङ जिल्ला सदस्य एबम् आर्थिक विभाग प्रमुख पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई सोमबार प्रहरीले हलेसी क्षेत्रबाट पक्राउ गरेको हो ।

विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाउनु अघि खत्रीले विभिन्न समयमा चन्दा आतंक मच्चाएको र हाल पनि त्यस्ता गतिविधिमा लुकिछिपी लागिरहेको विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!