बाबुरामले मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लाग्यो : भीम रावल

Posted on: 28 Aug, 2019

भदौ ११, कैलाली । डा. बाबुराम भट्टराईले टीकापुरमै आएर जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलकोआरोप छ । सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको उनले भनेका छन्  | भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको उनले बताए ।

बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले भट्टराईमाथि मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लागेको आरोप लगाए । भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भन्दै आएको भन्दै नेता रावलले उनी जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएको बताए ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केही दिन पहिले टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!