एक महिला एक उद्यम–मन्त्री पुन (भिडियोसहित)

Posted on: 01 Sep, 2019

भदौ १५, पोखरा | गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक महिला एक उद्यम को गण्डकी सरकारले नीति लिएको बताउनुभएको छ । महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि सरकारले  यस्तो नीति लिएको बताउनुभएको हो । सरकारले महिलारुको स्वास्थ्यलाई ध्यानमा राखि पाठेघरको निशुल्क अपरेशन सेवा हुने गरी काम गर्न लागेको बताउनुभयो ।

कुश्मामा महिला उद्यमी समितिले आयोजना गरेको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पुनले  गण्डकी प्रदेशकका हरेक महिलाहरुको स्वास्थ्यमा पहुँच पु¥याउनको लागि पाठेघरको क्यान्सर भए निशुल्क उपचार गर्ने गरी अभियान चलाउन लागेको बताउनुभयो ।

उहाँले अब हरेक महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि व्यक्ति विकास र क्षमता विकासको लागि काम गर्ने गरी अगाडी बढेको बताउनु भयो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!