कैलालीको बर्दगोरियामा माओवादी केन्द्रले भेला तथा प्रशिक्षण गर्ने

Posted on: 28 Sep, 2019

सुमन चौधरी | असोज ११, कैलाली । नेकपा (माओवादी केन्द्र) केन्द्रले आउँदो मंगलबार (यहि असोज १३ गते) कैलालीको बौनियामा बर्दगरिया गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको संगठन निर्माण अभियान अन्तर्गत मंगलबार बिहान बौनियामा उक्त कार्यक्रम हुन लागेको हो ।

माओवादी केन्द्रको बर्दगोरिया गाउपालिका कमिटीको आयोजनामा हुनलागेको उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल, सुदुरपश्चिम प्रदेश संयोजक लोकेश लगायतका केन्द्रीय नेताहरूले राजनैतिक तथा वैचारीक मन्तव्य राख्ने बताइएको छ ।

उक्त कार्यक्रमको तयारीका विषयमा कुरा गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बमले सबैलाई सहभागिताका लागि आह्वान गरेका छन । नेता बमका अनुसार उक्त कार्यक्रम मंगलबार बिहान ठिक ११ बजेबाट सुरू हुनेछ ।

पछिल्लो समयमा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशका साथै देशैभरी सगठन निर्माण तथा प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यस अघि गत ९ गते माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको गौरीगगा नगरपालिकामा भव्य रुपमा भेला तथा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी हिजो (शुक्रबार) लम्कीचुहा नगरपालिकाको राजीपुरमा माओवादी केन्द्रले अव्यवस्थीत वस्ती व्यवस्थापनका समस्या र समाधानका विषयमा स्थानीयवासीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी यहि १५ गते लम्की बजारमा लम्कीचुहा नगरपालिकाको भेला गर्ने तयारी भैरहेको प्रदेश सयोजक लोकेशले बताएका छन् । त्यसै दिन सुकुम्बासी सगठनको जिल्ला भेला समेत हुने बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!