ओली सरकारको दिनगन्ती शुरु भयो, अब सकिन्छ– जोशी (भिडियो)

Posted on: 02 Oct, 2019




पर्वत । ओली सरकार एक पछि अर्को विवादमा तानिएको भन्दै सरकारको दिनगन्ती शुरु भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुन जोशीले बताएका छन् ।

सरकारले दुई तिहाईको दम्भमा अनैतिक हर्कत देखाउन थालेको र विभिन्न काण्डमा मुछिएको भन्दै सरकार नागरिकस्तरबाट पूर्णरुपमा असफल भएको जोशीले दाबी गरे ।

३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, बलात्कार, हत्या हिंसामा सरकारमा रहेका नेकपाका नेताकार्यकता नै कहि न कहि कतैबाट जोडिने गरेको र देशमा महङ्गी, भ्रंष्टाचार, अनियमितता बढेको भन्दै उनले ओली सरकार डेढ वर्षमानै अलोकप्रियको शिखरमा पुगेको बताए ।

नेता जोशीले सरकारले नागरिक र प्रतिपक्षमाथि दमनको नीति लिएको भन्दै अब नेपाली काँग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । २०६३ सालमा जसरी २४० वर्ष राजतन्त्र फालेका थियौ अब केपी ओली सरकार फाल्ने दिन त्यसैगरी आउँदैछ उनले भने । सरकार गलत बाटोमा हिडेको भन्दै नेता जोशीले बेलैमा नसच्चिए राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी समेत दिए ।

सरकारले  दमनको नीति नै लिन्छ भने अब नेपाल काँग्रेसले राजालाई सडकमा पु¥याएझै नेकपाको सरकारलाई सडकमा नै पुग्ने गरी आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी समेत दिए ।

भिडियो





यस बिषयमा तपाइको प्रतिक्रिया...!