पर्वतका पूर्व साँसद ऋषिकेश तिवारीले बराचौर पुगेर भने ‘कम्युनिष्टहरुको भर नपर्नु‘

Posted on: 26 Oct, 2019

साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै नेता तिवारीले कम्युनिष्ट भनिएको दुई तिहाई सरकार काम चन्दा गफ गर्न माहिर रहेको बताउनु भयो । कम्युनिष्टले जनतालाई ‘सुखी नेपाली समृद्ध नेपाल’को झुट्टा नारा भजाएर सत्ताको सिढि चढेको दाबी गर्नुभयो । उहाँले सरकारलाई चुनावमा जनतासँग गरेको एउटा मात्र बाचा पुरा गरेर देखाउन चुनौती दिनुभयो ।


कम्युनिष्ट भनेका कुरा बनाउने, कुरा लगाउने, कुराकै जाल बुन्ने र कुराकै व्यापार गर्ने भएको हुँदा कम्युनिष्टहरुको विश्वास नपर्न जनताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले कम्युनिष्ट चिल्ला कुरा गरेर जनता फकाउन सिपालु भएकाले जनताले भोट उसैलाई हाल्ने गरेको तर नेपाली कांग्रेस आफुले गरेको कामको प्रचार समेत गर्न नसकेकाले पार्टी पराजित हुनुपरेको दुखेसो सुनाउनुभयो ।


मुलुक विकासका लागि अहिलेसम्म बनेका सबै अबधारणा काँग्रेसको अवधारणा भएको पनि उहाँले दाबी गर्नुभयो ।


कार्यक्रममा पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, बिहादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी प्रविन गुरुङ , नेपाली काँग्रेस पर्वतका सदस्य गोविन्दप्रसाद पाध्या, अर्का जिल्ला सदस्य हर्कबहादुर सुनार, नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुसाल , पैँयू गाउँपालिका संयोजक डम्बर श्रेष्ठ, रानीपानीका वडाअध्यक्ष  रणबहादुर आले, बराचौरका वडा सदस्य रत्नबहादुर कुँवर, शुशिला नेपाली , डोलन्द्र गिरी , नेपाली काँग्रेस रानीपानीका पाटी सभापति ओमप्रसाद पराजुली, नेपाल कम्युनिष्ट पाटि बर्राचौरका अध्यक्ष सोमनाथ पौडेल, राष्ट्रिय जनमोर्चा पर्वत अध्यक्ष गोविन्द पौडेल नेविसंघ पर्वतका नेता अच्चुत तिवारी, नेपाल विद्याथी संघ पर्वत काठमाडौं सम्पर्क समितिका अध्यक्ष रोशन तिवारी, नेपाली काँग्रेस बराचौरका पुर्व पार्टी सभापति हरि पराजुली, नेबिसंघ बिहादी गाउँपालिका सचिव अमृत भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।


नेपाली कांग्रेस बराचौरका सभापति हरिप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेवि संघ बिहादी गाउँपालिकाका सभापति हिमाल गिरीले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!