बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

Posted on: 10 Nov, 2019

कात्तिक २४, काठमाडौं | प्रहरीले बाजुरामा पेस्तोल र विस्फोटक दार्थसहित १६ जनालाई पक्राउ गरेको छ | रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जना गौमुल गाउँपालिका-३ माझपालीबाट नियन्त्रणमा लिइए प्रहरीले जनाएको छ |

प्रहरीले उनीको साथबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ |

पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको हुनसक्ने प्रहरीको आशंका छ | उनीहरू शुक्रबार पक्राउ परेको भए पनि प्रहरीले आइतबार मात्रै सार्जनिक गरेको छ | तर, नियन्त्रणमा लिइएका वली बाहेक अरूको ना खुलाइएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!