चितवनमा नेकपालाई धक्का, एमालेले एक्लैले जितेको वडामा समेत कांग्रेस बिजयी

Posted on: 01 Dec, 2019

मङ्सिर १५, काठमाडौँ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनका तीनवटै वडामा नेकपाका सबै उम्मेदवारहरु पराजित भएका छन् । यस अघि एमाले एक्लैले जितेको वडामा अहिले एमाले र माओवादी मिल्दा समेत कांग्रेसले जित्न सफल भएको हो ।

चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भएका हुन् । त्यसो त नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन् ।

उक्त वडामा कांग्रेसका उम्मेदवार अमृतराजले ३१८३ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा यो वडामा तात्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ प्यानलसहित विजयी भएका थिए । उनको गत असोजमा निधन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!