बैतडीमा मत परिणाम सार्वजनिक: दुई वडामा कांग्रेस र एउटामा नेकपा विजयी

Posted on: 01 Dec, 2019

मंसिर १५, बैतडी | शिनिबार भएको उपनिर्वाचनको मत गणना बैतडीमा राति नै मत सम्पन्न भएको छ | बैतडीका ३ वडामा २ मा नेपाली कांग्रेस, १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )विजयी भएको छ | जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका ४ मा नेकपाबाट उम्मेदवार शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसबाट उम्मेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका हुन् |

दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० बढी भोट प्राप्त गरेर विजयी भएका हुन् | कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी भट्टले ४८४ मत प्रप्त गरे । यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत पाए भने २४ मत बदर भएको छ |

यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १ सय ५ मत बढी लिएर विजयी भएका छन्। कुल खसेको १ हजार तीन सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गरे  भने निकटतम प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे भने ७५ मत बदर भयो।

सुर्नया गाँउपालिका १ मा कांग्रेसका उमेदवार गजेन्द्र बहादुर चन्द बिजयी भएका छन्। तदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका छन् भने ४ मत बदर भएको छ |

दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!