बलात्कारको मुद्दामा अनेरास्वियूका नेता राईलाई ८ वर्ष कैदको फैसला

Posted on: 13 Mar, 2020

फागुन ३०, काठमाडौं | बलात्कार मुद्दामा नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौँ जिल्ला अदालतले साढे ८ वर्ष कैद सजाय सुनाएको छ |

बिहिबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले साढे ८ वर्ष कैद सजाय सहित पीडितलाई  एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो | रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाइटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो |

पीडितका अनुसार उनले  देउसीभैलो खेल्न बोलाएर आफन्तको डेरामा लगेर बलात्कार गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!