सरकारले लगायो ५५ मुलुकबाट नेपाल आउँन प्रतिबन्ध

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउँन सरकारले प्रतिबन्ध लगाएको छ | बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो |

कोरोनाभाइरस प्र्भावित् युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको छ | ति मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ |

त्यस्तै सरकारले पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने बताएको छ | त्यस्तै फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ |

कसैलाई कोरोना संक्रमण देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!