चैत ७, काठमाडौं | विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ | उक्तभाइरसबाट बच्न थप सतर्कता अनुरुप बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो |
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको बताएका छन् | सरकारले संघीय संसदका दुवै सदनको बैठक स्थगित गरेको छ |
प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गते सम्मका लागि स्थगित गरिएको छ |
यसअघि राज्यव्यव्स्था समिति बैठकमा २५ जनाभन्दा बढी भएपछि बिहीहबार स्थगित भएको थियो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!