सरकारलाई नेकपाका सांसद गिरीको प्रश्न– सिमानामा पर्खाल लगाउने हिम्मत छ ?

Posted on: 12 May, 2020


नेकपा सांसद पदम गिरीले सीमा विवादबारे संसदमा शुन्य समयमा बोलेका छन् । उनले  सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् ।

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने भन्दै केपी ओली सरकारले त्यहो हिम्मत देखाउनु पर्नेमा उनले जोड दिए ।

सरकारले आफ्नो सीमा नाकामा पर्खाल लगाउने हिम्मत छ ? छैन भने राखोस नेपाली जनताले एक छाक काटेर राज्यलाई सहयोग गर्न तयार छन् । म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु,’ सांसद गिरीले भने ।

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएसँगै नेपालमा सडकदेखि सदनसम्म त्यसको चर्को विरोध भइरहेको छ । ओली सरकारले कुटनीतिक पहल गरेको दाबी गरेपनि भारतले आफूले आफ्नै भूमीमा सडक खनेको भन्दै कडा जवाफ दिएको छ ।

विषक्ष दलका सांसदहरुले ओली सरकार निद्रामा नै भएको र थाकेका कारण केही गर्न नसक्ने बताउ्रँदै आएको छ । सरकारलाइ्र्र व्यङ्ग्य गर्दै नेकाका सांसद गगन थापाले प्रधानमन्त्रीलाई लक्षित गरि बाल कविता सोमबारको संसद बैठकमा सुनाए्रका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!