सरिता गिरीलाई संशोधन फिर्ता लिन पार्टीको निर्देशन, नत्र कारबाही गर्ने

Posted on: 10 Jun, 2020

जेठ २८, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सरिता गिरिलाई सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने समेत चेतावनी दिएको छ ।


गिरीले बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!