१० बन्दकर्ता प्रहरी हिरासतमा

Posted on: 25 Jul, 2016

नरी बडु/साउन १०, बैतडी । जिल्लाको गोठलापानी बजारबाट प्रहरीले १० जना बन्दकर्तालाई हिरासतमा लिएको छ ।

सोमबार अर्थात आज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीले आयोजना गरेको नेपाल बन्दलाई समर्थन गदै हिडेका नेकपा माओबादीका १० कार्यकर्तालाई प्रहरीले आज बिहान हिरासतमा लिएको जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

नेपाल बन्दको माईकिङ गर्दै हिडेका विप्लब कार्यकर्तालाई गोठलापानी बाजार छेउछाउबाट पक्राउ गरी हिरासतमा लिएको उनले जानकारी  दिए । कञ्चनपुर, सर्लाही लगायतका क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन लागेको विरोधमा नेकपा माओबादीले साउन १० गते  देशभर नेपाल बन्दको घोषणा गरेको थियो ।

बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षामा संवेदनसीलता बढाएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो । बन्दकर्ताहरुले भने शान्तिपुर्ण आन्दोलन गरीरहेको बेला प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!