कोरोना संक्रमणबाट नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको मृत्यु

Posted on: 18 Aug, 2020

भदौ २, परासी | कोरोना संक्रमणबाट मंगलबार विहान परासीका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ । ३७ वर्षीय गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो ।

भैरहवामा रहेको मेडिकल कलेजमा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा पित्तथैलीको पत्थरी देखिएपछि अपरेसन गरिएको थियो । पछि उनमा छातीमा समस्या देखिएको थियो । अस्पतालले उनको उपचार आईसियुमा राखेर गरेको थियो । 

उनमा निमोनियाको लक्षणसमेत देखिन थालेपछि साउन ३० गते ललितपुरस्थित पाटन अस्पताल ल्याइएको थियो ।

विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष समेत रहेका गिरी पार्टी एकीकरणपछि कांग्रेसको जिल्ला उपसभापतिमा मनोनित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!