मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन 'कोरोनाबाट जोगिएर काम गर्नुस'

Posted on: 31 Aug, 2020

भदौ १५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोना संक्रमणबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । 

मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!